नेपाल फार्मेसी परिषद्को अत्यन्त जरुरी सूचना
मिति : २०७९/०९/२०
१.नेपाल फार्मेसी परिषदले संचालन गरेको २०औ नाम दर्ता परीक्षामा सफल फ़र्मासिष्टहरुले मिति २०७९/०९/२४ गते देखि कार्यालय समयमा शैक्षिक योग्यताको सम्पूर्ण सक्कल कागजात सहित उपस्थित भइ आफ्नो नाम दर्ता प्रमाण-पत्र लिन सक्ने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
२.नेपाल फार्मेसी परिषदले संचालन गरेको २० औ नाम दर्ता परीक्षामा सफल फार्मेसी सहायकहरुले मिति २०७९/०९/२९गते देखि कार्यालय समयमा शैक्षिक योग्यताको सम्पूर्ण कागजात को नोटरी प्रमाणित प्रतिलिपि ,आबेदन फारम, नागरिकताको प्रतिलिपि एबम नाम दर्ता शुल्क सहितको कागजात पेश गर्न अनुरोध छ ।
रजिष्ट्रार