+977 (0)1 4790747, 970-9090485
| 27 Aug, 2026

नेपाल फार्मेसी परिषद्को २३ औ नाम दर्ता परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना

Aug 25, 2023

नेपाल फार्मेसी परिषद्को २३ औ नाम दर्ता परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना

नेपाल फार्मेसी परिषद्को मिति २०८०/०४/१४  को परिषद बैठकको निर्णय बमोजिम यस परिषद द्वारा संचालन हुने फर्मासिष्ट एबम फार्मेसी सहायक तर्फको नाम दर्ता परीक्षाको तालिका निम्न बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी को लागि अनुरोध छ ।

फार्मेसी सहायक : मिति २०८०/०५/ ३०

फर्मासिष्ट : २०८०/०५/ २३

नोट :

  • नेपाल फार्मेसी परिषद्को नाम दर्ता परीक्षा योग्यता मापनको परीक्षा भएको हुनाले परिषद् द्वारा जारि गरिएको पाठ्यक्रमका आधारमा तैयारी गर्न परीक्षार्थीहरुमा अनुरोध गर्दै  कुनै पनि ब्यबसायीक प्रयोजनको लागि खोलिएको सघ/संस्थामा परीक्षार्थीहरुको संलग्नतालाइ निरुत्साहित गर्ने नीति लिएको स्पस्ट पार्न चाहन्छौ I

 

  • परिषदमा दर्ता भएको कुनै पनि फर्मासिष्ट/फार्मेसी सहायकलाई नाम दर्ता परीक्षाको लागि ब्यबसायीक प्रयोजनको लागि खोलिएको सघ/संस्थामा कुनै पनि किसिमले संलग्न नहुन पनि आव्हान गर्दछ I

 

  • कुनै पनि व्यक्ति वा संस्थाले नाम दर्ता परीक्षामा सहयोग गर्ने, उतिर्ण गराइदिने जस्ता प्रलोभन दिएको अबस्था यस्ता भ्रममा नपरी  तत्काल त्यस्ता संस्था/व्यक्तिको पहिचान गरी नेपाल प्रहरी वा नेपाल फार्मेसी परिषदमा उजुरी गर्न परिषद अनुरोध गर्दछ I

 

 

                                                                                         

      रजिष्ट्रार